किर्ते गरी रकम ठगी अभियोगमा पक्राउ

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । १६ माघ किर्ते गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १४ बल्खु स्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर खडानन्द गाउँपालिका ११ घर भएका सन्तोष घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट गत २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई उक्त रकम निकाली ठगी गरी फरार भएको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरेको छ । साथै प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकार्इ छिपाई राखेको नगद १८ लाख रुपैयाँ समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari