citizens life insurance long ad
stcnepal long ad

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आगामी बुधबार बाँडफाँड गर्दै 

कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ७ सय ४४ आवेदकले १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताको लागि आवेदन दिएका छन्।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी बुधबारसन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड हुने भएको छ ।विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आगामी आइतबार प्रि अलोटमेन्ट सम्पन्न गरी बुधबार शेयर बाँडफाँड गर्ने तयारी भइरहेको छ ।

कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ७ सय ४४ आवेदकले १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताको लागि आवेदन दिएका छन्। जुन माग भन्दा २.३२ गुणा बढी हो। त्यसकारण, सन नेपाल लाइफको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ।

जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

IME Life
kumari