इटाली पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक जना पक्राउ
काठमाडौं । इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका–३ घर भइ हाल काठमाडौको कीर्तिपुर–५ बस्ने ५२ वर्षीय विष्णु रिषी पाण्डे रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ ।
उनले पीडितलाई वैदेशिक रोजगाका लागि इटाली पठाइदिन्छु भन्दै पटक(पटक गरी ४ लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।























