citizens life insurance long ad
stcnepal long ad

लुम्बिनी चराचुरुङ्गीको पनि आकर्षक स्थल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी बौद्ध धमालम्बीहरूको दशनार्थी आकर्षणको स्थल मात्र नभई चराचुरुङ्गीको पनि आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ ।

लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पती, फूल बगैँचा, नहर र पोखरी आदिले गर्दा लुम्बिनीमा चराचुरुङ्गीको आकर्षण बढेको हो ।

लुम्बिनीमा २९० प्रजातीका चराचुरुङ्गी पाइने गरेका छन् । कतिपय चरा रैथाने छन् भने कतिपय बसाइँसराई गरेर आउने गरेका छन् । विशेषगरी जाडोयाममा अत्याधिक चिसो हुने स्थान साइबेरिया, मंगोलिया, काजकिस्तान, तुर्कमेनिस्तान, तिब्बतसम्मका चरा लुम्बिनीको न्यायो घाममा जलचरर विचरण गर्न आउने गरेको पाइएको छ ।

लुम्बिनी क्षेत्रमा आउने आगन्तुक चराहरूमा मरुन सुनजुरेहास, खडरवर्ड, काली जुरे, मालक आदि रहेका छन् । लुम्बिनी विकास कोषले गुरुयोजनामा १.३ किलोमिटरलाई केन्द्रीय नहर, सर्कुलर लभीको गोलाकार पोखरी र प्रत्येक बिहार क्षेत्रमा चराको बासस्थान र आकर्षण बढाउन सुन्दर पोखरीको निर्माण गरिएको छ ।

लुम्बिनीको अर्को सुन्दर पक्ष यहाँ पाइने दुर्लभ प्रजातीका चरा ९क्रेन० पनि हो । यसका लागि गुरुयोजना अनुसार लुम्बिनी एक सय हेक्टर भूमिलाई सारस संरक्षणका लागि सीमसार क्षेत्र बनाइएको छ ।

जसलाई अमेरिकन क्रेन फाउन्डेशनको सहकार्यमा सारस संरक्षणको प्रयासको थालनी गरिएको छ । लुम्बिनीभित्र र बाहिरी ग्रामीण क्षेत्रमा करिव पाँच सय सारस पाइने गर्छन् ।

भगवान गौतम बुद्ध र सारसबीचमा दया र करुणा जोडएअनुसार बुद्धका काकाका छोरा देवदत्तले बाणले घाइते बनाएको सारसलाई बुद्धले औषधि गरी जीवित तुल्याएको घटनाले पनि लुम्बिनी सारसको प्रिय स्थल बन्न पुगेको मान्यता रहि आएको छ ।

लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी क्षेत्रमा सारसपछि स्थानीय चरामा भुडीफोड, गरुड, धोधीफोड, हुटीट्याउँ, भँगेरा, बगेडी, सिलसिले, चिल, कृष्णकांड, निलकण्ठ लगायत सयौं प्रकारका चराचुरुङ्गी बसोबास गर्छन ।

लुम्बिनी क्षेत्रमा न्यानो घाम, तालतलैया र नदी एवं खेतवारीमा टन्न आहार पाइने र नहर पोखरी आदिमा जलबिहारको आनन्द लिने अनुकुल वातावरण भएको हुँदा लुम्बिनी चराहरुको आकर्षणको केन्द्रबिन्दू बन्दै गएको देखिन्छ ।

लुम्बिनी विकास गुरुयोजनाले निर्दिष्ट गरे अनुसार लुम्बिनीमा ६० प्रतिशत भुभाग हरित क्षेत्र, ४० प्रतिशत क्षेत्र नहर पोखरी एवं सुन्दर उद्यान भएको हुँदा लुम्बिनी चराको पवित्र स्थल बन्दै गएको देखिन्छ ।

विश्वबाट कतिपय पर्यटक, चराविद् तथा चराबारे अनुसन्धान गर्नेहरु वर्षेनी सयौंको संख्यामा लुम्बिनी र वरपरका तालतलैया क्षेत्रमा आउने गर्दछन ।

सारस संरक्षणमा लामो समयदेखि लागेका संरक्षककर्मी रवीन्द्रमान श्रेष्ठले लुम्बिनी क्षेत्रमा २५० को संख्यामा सारस रहेको बताउँदै संरक्षणका लागि विभिन्न कार्यक्रम गरिएको बताएका छन्।

केही बर्षअघि लुम्बिनी क्षेत्रको सीमसार क्षेत्रमा बिभिन्न ४१ प्रजातिका जलपंक्षीका ९१० प्रकारका चरा भेटिएका थिए । लुम्बिनी क्षेत्रको जलपंक्षी गणना गर्दा चराको प्रजाति र संख्या खुलेको हो ।

लुम्बिनीसँगै नजिकैको गैडहवा ताल क्षेत्र र अन्य क्षेत्रमा समेत बिभिन्न प्रजातिका चराहरु देख्न सकिन्छ । गैडहवा ताल वरपर १२ प्रजातिका चराहरु गणनाका क्रममा फेला परेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।

IME Life
kumari