citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गौतमबुद्ध अन्तर्राष्ट्रिय पूर्णरुपमा विमानस्थल सञ्चालनका लागि प्रयास जारी छ: पर्यटनमन्त्री

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि प्रयास जारी रहेको बताउनुभएको छ ।

भैरहवामा आयोजित एक कार्यक्रममा उहाँले विमानस्थल सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको स्पष्ट पार्नुभयो ।

“हिजोका दिन के भयो मलाई धेरै जानकारी छैन, मैले जिम्मेवारी सम्हालेपछि भारतीय पक्षसँग विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल सुरु भएको छ । समस्या छिट्टै समाधान हुनेछ ।”

उहाँले मुलुकको पर्यटन विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताउनुभयो । पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकाले यो क्षेत्रको विकासका लागि सबैको सहकार्य जरुरी रहेको उहाँको धारणा छ ।

पहिलोपटक लुम्बिनी आउनुभएका मन्त्री किरातीले भन्नुभयो, “भगवान् बुद्ध जन्मेको भूमिमा पहिलो पटक पाइला टेक्न पाउँदा निकै खुसी लागेको छ । यसअघि यहाँ नआए पनि यसबारे जानकारी भने लिइरहेको थिएँ ।”

लुम्बिनी प्रदेशमा पर्यटक आकर्षित गर्न लुम्बिनी सहित बर्दियाको राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी, कपिलवस्तु, रामग्राम, रोल्पा, रुकुम जोडेर पर्यटन प्याकेज बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले समन्वयकारी  भूमिका निर्वाह गरिदिए लगानीकर्तालाई काम गर्न सहज हुने बताउनुभयो ।

उहाँले उद्योगी व्यवसायीले जोखिम मोलेर पर्यटन क्षेत्रमा गरेको लगानीको संरक्षणका लागि सरकारले पर्यटनमैत्री नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी महत्वपूर्णस्थल भएको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितता र बेलहिया स्थलमार्गबाट भित्रिने पर्यटकको सहजताका लागि सरकारी सहयोग जरुरी रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल एशोसियशन अफ ट्राभल्स एण्ड टुर एजेण्ट (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले गौतमबुद्ध विमानस्थललाई हेरेर अर्बौ रकम लगानी भएको भन्दै विमानस्थल पूर्णरुपमा सञ्चालन नहुने हो भने समस्या उत्पन्न हुने भनाइ राख्नुभयो ।(

himalayan life insurance
igi long