हिमालय एयलाइन्सले शुरू गर्यो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान
भैरहवा ।हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजबाट व्यावसायिक उडान शुरु गरेको छ । हिमालय जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने दोस्रो कम्पनी बनेको छ ।
बिहीबार मलेसियाको क्वालालम्पुर विमानस्थलबाट भैरहवा अवतरण गरेको हिमालय एयरलाइन्सको पी–३२० जहाज बिहीवार १३५ यात्रु बोकेर क्वालालम्पुरका लागि उडेको हो ।
हिमालय एयरलाइन्सले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौंबाट भैरहवा ल्याएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पठाइएको हो ।
अहिले दैनिक चार्टड उडान थालिएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । चार्टर्ड भएपनि दैनिक रुपमा नियमित दरकै भाडामा हिमालयले भैरहवाबाट उडान भर्ने उनले बताए ।























