citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौँ सोधेर प्लेन चढ्न एअरपोर्ट जानु पर्ने अवस्थाको अन्त भएको छ: मन्त्री आले

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कतिबजे आउछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानु पर्ने दिनको अन्त भएको बताउनु भएको छ ।

कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरीने टर्मीनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण कार्यको शिलान्यास गर्नु हुँदै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुहरुले प्लेन आउने नआउने विषयमा काठमाडौँबाट जानकारी लिनुपर्ने अवस्थाको अन्त भएको बताउनुभयो ।

 

 

उहाँले भन्नुभयो, “जहाज सञ्चालन कम्पनीले जहाँबाट वेस लिएको छ, यहिबाट पहिलो उडान भर्नु पर्ने नियम लागु गराएको छु, अब धनगढीबाट पनि पहिलो उडान हुने छ, जहाज आउने नआउने बारे काठमाडौँमा सोध्नु पर्ने छैन् ।”

भोली असार १३ गतेबाट लागु हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीहरुले आफ्नो पहिलो उडान भर्नु पर्ने निर्णय लागु भएको जानकारी गराउनु हुँदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताउनुभयो ।

उहाँले थप भन्नुभयो, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि समस्या थियो, जहाज टासिएर पार्किङ गरिने हुँदा ठोकिएको खण्डमा ठूलो र्दुघटना हुन सक्ने भएकाले जहाज सञ्चालक कम्पनीले बेस लिएका ठाउँबाट पहिलो उडान भर्न र नाइट स्टपका लागि पनि त्यहि जान हामीले निर्णय गरेका छौँ, अब गेटा विमानस्थलमा पनि नाइट स्टपका लागि जहाज पार्किङ हुने छन् ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले कैलालीको धनगढी स्थित गेटा विमानस्थलको स्तरोन्नती सहित क्षेत्रीय अन्तर्राष्ट्रि स्तरको बनाउनका लागि शुभारम्भ कार्य भएको जानकारी गराउनुभयो ।

ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट रु १ अर्ब बजेट विनियोजन भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

सुदूरपश्चिममा पर्यटन प्रबद्धन तथा यहाँको विकासका लागि भएपनि गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन जरुरी भएको समेत मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा पर्यटक भित्रयाउन र प्रचार प्रसारका लागि भएपनि यो विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउन जरुरी छ, आज शिलान्यास कार्यको शुभारम्भ भएको छ, चाडै नै यो विमानस्थलले पूर्णता पाउने छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अध्यक्ष समेत रहनु भएका मन्त्री आलेका अध्यक्षतामा बसेको बैठकले यस अघि गेटा विमानस्थल विस्तारका लागि रु १ अर्ब बजेट विनियोजन गरेको थियो ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको होे । गेटा विमानस्थलक्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने २५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि सुरु भएको छ ।

मन्त्री आलेकै पहलमा यसवर्ष पनि उक्त विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि रु १ अर्व पाँच लाख बजेट विनियोजन भएको गेटा विमानस्थल स्थित नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभयो ।

himalayan life insurance
igi long