stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आगामी जेठमा एभरेष्ट टुरिजम अवार्ड र विश्व शान्ति सम्मेलन हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५ गते दोस्रो ‘एभरेष्ट टुरिजम अवार्ड, २०२६’ तथा ‘विश्व शान्ति सम्मेलन’ आयोजना हुने भएको छ ।

अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा दिगो पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणमा योगदान गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाकी अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिनुभयो ।

“अवार्ड कार्यक्रम नेपालको पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणलाई एउटै मञ्चमा अभियानमा जोड्ने अभियान हो, दिगो पर्यटनबिना हिमाल बचाउन सकिँदैन, हिमाल नरहने हो भने नेपालका पर्यटनको पहिचान पनि रहँदैन”, उहाँले भन्नुभयो ।

गत वर्ष आयोजना गरिएको पहिलो अवार्ड कार्यक्रम सफल भएपछि यस वर्ष पनि निरन्तरता दिइएको उहाँको भनाइ थियो । उहाँका अनुसार गत वर्ष पर्यटन क्षेत्र विभिन्न विधामा महत्वपूर्ण योगदान दिने व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख सल्लाहकार नामगेल शेर्पाले पर्वतारोही, आइसफल डाक्टर, मजदुर, पत्रकार, समाजसेवी, अनुसन्धानकर्तालगायतलाई सो अवसरमा सम्मान गरिने बताउनुभयो । यसका लागि निर्णयक मण्डल गठन गरिएकोसमेत उहाँको भनाइ थियो । अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विभिन्न व्यक्तिहरुको उपस्थिति रहने उहाँको भनाइ थियो ।

कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले विश्व शान्ति सम्मेलदनबारे जानकारी दिनुहुँदै त्यस अवसरमा जलवायु सङ्कटबाट परेको असरबारे आवाज उठान गरिने बताउनुभयो ।

“जलवायु सङ्कटका साझा चुनौतीबारे आवाज उठाउनु समिटको मुख्य उद्देश्य हुनेछ, सम्मेलनमार्फत हामीले नेपालबाट जलवायु परिवर्तनका कारण परेको असरबारे विश्वलाई जानकारी दिने छौँ ।”

सल्लाहकार महेश किरातीले पहिलो पटक सगरमाथा आरोहण भएको दिनको सम्झनामा दुवै कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उक्त दिन पर्वतारोहणका लागि एतिहासिक दिन मात्रै नभइ नेपाली गौरव, मानव साहासको सुरुआत पनि भएको उहाँको भनाइ थियो ।

सन् १९५३ मे २९ मा सर एड्मन्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पा पहिलोपटक सगरमाथाको शिखर पुग्नुभएको थियो । सोही दिनको सम्झनामा उक्त दिवस मनाइँदै आइएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari