नेपाल पर्वतारोहण संघमा चुनावी सरगर्मी : अध्यक्षमा गुरूङ र शेर्पाको कडा प्रतिस्पर्धा हुँदै
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ केन्द्रीय कार्यसमिति निर्वाचनको भदौ ७ र ८ गते प्रज्ञा भवन काठमाडौंमा हुँदैछ। नेपाल पर्वतारोहण संघ, पर्वतारोहण तथा पर्यटन क्षेत्रको एक नेतृत्वदायी संस्था हो ।
हिमाल आरोहण, पर्वतारोहण प्रशिक्षण, पथ प्रदर्शक गाइडहरूको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन तथा हिमाली क्षेत्रको संरक्षणमा संघले महत्वपूर्ण काम गर्दै आएको छ।
पर्वतारोहणलाई व्यवस्थित बनाउने, पर्वतारोहण क्षेत्रको विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै संघले हिमाल आरोहण अनुमतिहरु समेत जारी गर्ने लगायतका काम गर्दै आएको छ । एक अर्ध सरकारी निकायकै रुपमा क्रियाशिल संघको आसन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रकृयामा छ।
पर्यटन क्षेत्रलाई अझ व्यवस्थित गर्दै पर्वतीय पर्यटनमार्फत दीगो पर्यटन र समृद्धका योजनाहरु पूरा गर्न सक्ने नेतृत्व अधिवेशनवाट चयन होस् व्यवसायीहरूले कामना गर्दै आएका छन ।
आगामी भाद्र ७ र ८ गते हुने निर्वाचनले चयन गर्ने नेतृत्वको सन्दर्भमा पर्यटनसँग पर्यवाचीको रुपमा रहेको शेर्पा र अन्य समुदायका व्यवसायी, आरोहीहरुले आ–आफ्नो क्षमता, कौशलताको आधारमा उम्मेदवारी घोषणा गरेका छन ।
नेपालको पर्यटन क्षेत्रको विकास, प्रबर्द्धन, व्यवस्थापन र सम्बर्द्धनमा ठूलो महत्व राख्ने भएकाले संघको नेतृत्ववारे चौतर्फी चासो बढेको छ ।
निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र र विद्रोही एमाले निकट व्यवसायीहरू छुट्टाछुट्टै समूह बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन। निर्वाचन समितिले आगामी भदौ ७ गतेका लागि निर्वाचनको मिति तोकेसँगै पर्यटन व्यवसायीहरू दुई शक्तिशाली समुहमा विभाजित भएर चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट व्यवसायीहरूको एउटा गठबन्धन र नेकपा (माओवादी केन्द्र) निकट तथा विद्रोही एमालेकै अर्को समूहको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि कुल बहादुर गुरूङ र फुर गेल्जे शेर्पाले आ–आफ्नो समुहको अन्तिम प्रचार–प्रसार गरिरहेका छन।
निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायत १७ सदस्य पदका लागि भदौ ७ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान हुने तयारी भैरहेको छ ।
संघमा आबद्ध पर्वतारोही र पर्यटन मजदुर तर्फका चार सदस्य पदका लागि भने भदौ ८ गते छुट्टै मतदानको व्यवस्था मिलाइएको छ । दुवै समुहले आ–आफ्ना उम्मेदवारहरूको सूचीसहित प्रचारप्रसार तीव्र पारेका छन् ।
एमाले–कांग्रेस गठबन्धन समुहमा को–को ?
एमाले र कांग्रेस गठबन्धनले पर्यटन व्यवसायी कुलबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएका छन । उनीसहित वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा र कोषाध्यक्षमा सुनी लामा रहेका छन् ।
यस्तै सदस्यहरूमा पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नर्बु छिरिङ शेर्पा लामा र पासाङ शेर्पा रहेका छन् ।
माओवादी केन्द्र र विद्रोही एमालेको समूहमा को–को उम्मेदवार छन ?
नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को विद्रोही समूहले फुर गेल्जे शेर्पाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका छन । यस समुहको वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्ब शेर्पा रहेका छन् ।
यस्तै सदस्यहरूमा डोल्मा लामा, निशा भोटे, केदार न्यौपाने, देण्डी शेर्पा, गोकुल थापा, विक्रम कार्की, थुप्देन शेर्पा, मुलाल गुरुङ, माधवकुमार धमाल, रिन्जे शेर्पा र देवेन्द्र डंगोल रहेका छन् ।
विगतमा जस्तै यसपटक पनि राजनीतिक दल निकट व्यवसायीहरू समुह बनाएर चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा निकै रोचक बनेको छ । पर्वतारोहण व्यवसायमा शेर्पा समुदायको बचस्व छ। शेर्पा समुदायका ठुला पर्वतारोहण व्यवसायीहरूले जुन समुहलाई सहयोग गर्यो उहीँ समुहले जित्ने निश्चित छ। तर केही पदाधिकारी र सदस्य दुबै समुहबाट निर्वाचित हुने व्यवसायीहरू बताउछन।
अध्यक्षका उम्मेदवार गुरुङ र शेर्पा कस्ता उम्मेदवार ?
संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि दुई जना अनुभवी पर्यटन व्यवसायीबीच कडा प्रतिस्पर्धा गर्दैछन । लामो समयदेखि यस क्षेत्रमा सक्रिय कुलबहादुर गुरुङ र पर्वतीय पर्यटनमै बाल्यकालदेखि होमिएका शेर्पा पनि अनुभवी उम्मेदवार मानिन्छन । त्यसैले अध्यक्षमा कडा प्रतिस्पर्धा हुने व्यवसायी स्रोतको दाबी छ।
३३ वर्षदेखि पर्वतारोहणमा सकृय अनुभवी गुरुङ
नेपालको पर्वतीय पर्यटनमा स्थापित नाम कुलबहादुर गुरुङ २०३२ सालमा धादिङको रुबीभ्यालीमा जन्मिएका हुन् । विगत साढे तीन दशकदेखि पर्यटन क्षेत्रमा समर्पित गुरुङ सन् १९९२ देखि पर्वतीय पर्यटनमा सक्रिय रहदै आएका छन् ।
एलायन्स ट्रेक्स एण्ड एक्स्पेडिसन प्रा.लि.का प्रबन्ध निर्देशक गुरुङले नेपाल पर्वतारोहण संघको महासचिवको जिम्मेवारी पूरा गरिसकेका छन् ।
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन टानमा समेत गुरूङले केन्द्रीय कार्यसमिति सदस्य र द्वितीय उपाध्यक्ष जस्ता पदमा रहेर काम गरिसकेका छन् । गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनको विकास र विस्तारको पक्षमा लबिङ गर्दै आएका छन् ।

सानै उमेरदेखि सक्रिय शेर्पा
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मिएका अध्यक्ष उम्मेदवार शेर्पा बाल्यकालदेखि नै ट्रेकिङ र आरोहण क्षेत्रमा सक्रिय छन् । उनले पढाइ र कामलाई सँगसँगै अगाडि बढाउँदै आफ्नै कम्पनी स्थापना गरेर व्यावसायिक यात्रा सुरु गरेका थिए । उनले ६ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गरिसकेका छन् ।
चार दशकअघि पर्वतारोहण गर्न सुरू गरेका शेर्पाले पर्याप्त सामग्री र सुरक्षाको अभावमा पनि सगरमाथा बाहेक सबै हिमाल चढेका छन। उनको सगरमाथा आरोहण गर्ने सपना भने पारिवारिक कारणले पूरा गर्न सकेका छैनन् । यद्यपि, उनले हिमाल आरोहण क्षेत्रलाई कहिल्यै छाडेका छैनन् ।
आरोहीहरूसँग निरन्तर संवादमा रहेर हिमाली क्षेत्रका समस्या पहिचान गर्ने र समाधानका लागि सरकारी निकायसँग पहल गर्ने काममा उनी निरन्तर लागिरहेका छन । उनले सन् १९९९ देखि २००२ सम्म पर्वतारोहण संघको कार्यसमिति सदस्य र पछि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।
समाजसेवा र उद्धार कार्यमा समेत सक्रिय शेर्पा भन्छन्, ‘मेरो जीवनको सबैभन्दा बढी समय बिताएको क्षेत्र नै पर्वतारोहण हो । अहिलेसम्म हासिल गरेको ज्ञान र अनुभवलाई अब संघको नेतृत्वमा रहेर प्रयोग गर्न चाहन्छु ।’
मिटरभन्दा माथिको हिमाल आरोहण गरिसकेका छन् । चार दशकअघि पर्वतारोहण गर्न सुरू गरेका शेर्पाले पर्याप्त सामग्री र सुरक्षाको अभावमा पनि सगरमाथा बाहेक सबै हिमाल चढेका छन। उनको सगरमाथा आरोहण गर्ने सपना भने पारिवारिक कारणले पूरा गर्न सकेका छैनन् । यद्यपि, उनले हिमाल आरोहण क्षेत्रलाई कहिल्यै छाडेका छैनन् ।
आरोहीहरूसँग निरन्तर संवादमा रहेर हिमाली क्षेत्रका समस्या पहिचान गर्ने र समाधानका लागि सरकारी निकायसँग पहल गर्ने काममा उनी निरन्तर लागिरहेका छन । उनले सन् १९९९ देखि २००२ सम्म पर्वतारोहण संघको कार्यसमिति सदस्य र पछि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।
समाजसेवा र उद्धार कार्यमा समेत सक्रिय शेर्पाले मेरो जीवनको सबैभन्दा बढी समय बिताएको क्षेत्र नै पर्वतारोहण हो । अहिलेसम्म हासिल गरेको ज्ञान र अनुभवलाई अब संघको नेतृत्वमा रहेर प्रयोग गर्न चाहन्छु भनेका छन।

नेपाल शेपा संघको छुट्टै अपिल
नेपाल शेर्पा संघले भने एक विज्ञाप्ति प्रकाशित गरि शेर्पा समुदायका व्यक्तित्वहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्दा आपसी भाइचारा, सद्भाव, सहिष्णुता, व्यवसायिक एकता र सहयोगको भावसहित ुएक पद एक शेर्पा उम्मेदवारु अर्थात एकै पदमा शेर्पा समुदायबाट नै दोहोरो उम्मेदवारी नपर्ने गरी अघि बढ्न नेपाल शेर्पा संघले अपिल गरेको छ।
लोकतान्त्रिक विधि पद्धती वा सहमति जनुसकै माध्यमबाट नेतृत्व चयन भएतापनि शेर्पा समुदायका उम्मेदवारबीच भद्र सहमति भएमा संघलाई थप गतिशिल र शसक्त बनाउन टेवा पुग्ने संघले जनाएको छ।
तसर्थ,संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले सम्पूर्ण पर्यटन व्यवसायी शेर्पाहरुलाई विचार, आस्था र अवस्थामा भन्दापनि समुदायबाटै नेतृत्व चयन गर्ने दिशामा अग्रसर हुन हार्दिक अपिल गरेका छन।























