stcnepal long ad
ime life insurance
national life
global ime bank long

टानमा पाण्डे र सापकोटाको दुई पक्षिय भिडन्त हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन टकिङ एजेन्सिज एसोसिएसन अफ नेपालू (टान) को आगामी २०८१ भदौ १७ गते हुने वार्षिक साधारण सभामार्फत तथा नयाँ कार्यसमिति चयनको निर्वाचन हुँदैछ ।

नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशीहरूले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा भएको छ। टानको अध्यक्षको प्रत्याशीमा सागर पाण्डे र राजेन्द्र प्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

पाण्डे समूहले भदौ २ गते र सापकोटा समूहले भदौ १ गते भव्य कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेका छन ।

पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन ।

पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङसमेतले उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका प्रत्याशी पाण्डेले टेकिङ व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्ने गरी ‘बृहत् टान अक्षयकोष’ निर्माण आफ्नो प्राथमिकता बनाएका छन ।

उनले पछिल्लो समय स्थानीय तहले जथाभाबी रूपमा मोटर बाटो खन्दा पदमार्गहरू मासिँदै गएकाले त्यसको संरक्षणका लागि आफूले काम गर्ने बताएका छन् ।

पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसामयिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन ।

यसैगरी सापकोटा नेतृत्वको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको छ । अध्यक्षका प्रत्याशी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै महासचिवमा राजेन्द्र प्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदवारी घोषणा गरेका छन ।

उक्त समूहका तर्फबाट कार्यसमिति सदस्यमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्जेन लामा, छेपेट लामा र पवित्रा तामाङले उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका प्रत्याशी सापकोटाले पदमार्ग संरक्षण, त्यससम्बन्धी नीतिगत सुधार आफ्नो प्रमुख चुनावी प्राथमिकताका एजेन्डा बनाएका छन।

‘ पदयात्रा व्यवसाय विकासको दीर्घकालीन सोचसहित नीतिगत सुधार पहिलो प्राथमिकता हुनेछ।पदमार्ग नै नभए व्यवसाय संकटमा पुग्ने खतरा छ, विकासका नाममा मासिँदै गएका पदमार्गको संरक्षणमा कटिबद्ध भएको लाग्नेछु ।’ सापकोटाले भनेका छन।

आर्थिक समृद्धिको मुख्य आधार मानिएको पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो साहसिक पर्यटनलाई पाठ्यक्रममा समावेश गराएर यसको प्रभावकारी प्रवर्द्धनका लागि आफूले पहल गर्ने सापकोटाले बताएका छन ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने विधानमा व्यवस्था रहेको छ ।

IME Lifesidebar
kumari