stcnepal long ad
ime life insurance
national life
global ime bank long

५५ हजारमै थाइल्याण्ड टुरको प्याकेज, डाउन पेमेण्टबिनै किस्ताबन्दीमा समेत घुम्न पाइने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । थाइल्याण्ड घुम्ने योजना बनाउनुभएको छ रु कति बजेट छुट्याउनुभयो रु हवाई टिकट, होटल बुकिङ आदि सबै गर्दा खर्च कति पुग्यो ? कम्तीमा एक लाख त निस्कियो होला ? तर अब थाइल्याण्ड घुम्न त्यति धेरै खर्च गर्नै पर्दैन । मात्रै ५५ हजारमा थाइल्याण्ड घुम्न पाइन्छ ।

हात्तीसारको रुप्से होलिडेजले ५५ हजार नेपाली रुपैयाँमै थाइल्याण्ड प्याकेजको घोषणा गरेको छ । रुप्से होलिडेजले मात्रै ५४ हजार ९९९ रुपैयाँमा ४ चार ५ दिनको थाइल्याण्ड टुरको प्याकेज ल्याएको हो ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार मात्रै ५४ हजार ९ सय ९९ रुपैयाँमा थाइल्याण्डमा थ्री स्टार होटलको रुम सहितको प्याकेज उपलब्ध गराइएको हो ।

प्रबन्ध निर्देशक पराजुलीका अनुसार होलिडेजले ५४ हजार ९ सय ९९ रुपैयाँमा दुईतर्फी हवाई टिकट, दुई रात पटाया तथा दुई रात बैंककको थ्री स्टार होटलको ब्रेकफास्ट सहितको बास खर्च, लञ्च सहित पटायाको कोरल आइल्याण्ड टुर, बैंककको सिटी टुर र एअरपोर्ट पिकअप तथा ड्रप समावेश गरिएको छ ।

ग्राहकले भिसा शुल्क भने थप तिर्नुपर्नेछ । भिसा शुल्क र प्रोसेसिङसहित कुल ६३ हजार रुपैयाँमा थाइल्याण्डको टुर प्याकेज ल्याइएको रुप्सेले जनाएको छ ।

मासिक ३ हजारको किस्ताबन्दीमा समेत घुम्न पाइने
तत्काल सबै रकम तिर्न नसक्ने ग्राहकका लागि रुप्से होलिडेजले किस्ताबन्दीमा घुम्ने समेत सुविधा दिने पराजुलीले बताए ।

त्यसका लागि सुरुमा जिरो डाउन पेमेण्ट अर्थात् एक रुपैयाँ पनि नतिरी समेत घुम्न जान पाइनेछ । २४ महिना मासिक ३ हजार रुपैयाँका दरले किस्ताबन्दीमा घुम्ने अवसर पाइने होलिडेजले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari