stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेवा बिस्तारमा आक्रामक निजी क्षेत्रको वायूसेवा कम्पनी श्री एयरले थप एउटा नयाँ विमान भित्र्याउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निजी क्षेत्रको तेस्रो ठूलो हवाई सेवा प्रदायक श्री एयरलाइन्सले खरिद गरेको बम्बार्डियर ड्यास एट क्यु फो हण्ड्रेड (Dash 8 Q400)  विमान अमेरिकाबाट नेपालका लागि प्रस्थान गरेको छ।

गत चैत्र महिनामा अमेरिकाबाट दुईवटा बम्बार्डियर ड्यास एट विमान भित्र्याएको श्री एयरले थप एकवटा विमान भित्र्याएको हो । योसँगै श्री एयरसँग जहाज विमान संख्या ११ पुगेको छ ।

         श्री एयरले भित्र्याउन लागेको नयाँ जहाज। तस्वीरः सामाजिक सञ्जालबाट
9N-AOM संकेत चिन्ह पाएको नयाँ भित्र्याउन लागिएको विमान बुधबार अमेरिकाको गुज बे बाट प्रस्थान गरेको हो । श्री एयरका क्याप्टेनद्वय रितेश कर्ण र विराज राजवंशीको नेतृत्वमा विमान ल्याइँदैछ ।

गत चैत्र महिनामा समेत यी दुबै क्याप्टेनको नेतृत्वमा ड्यास ४०० मोडलका दुईवटा विमान श्री एयरले अमेरिकाबाट नेपाल भित्र्याएको थियो । नयाँ विमान आइतबार बिहानसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अनुमान गरिएको छ ।

क्यानेडामा उत्पादन गरिएको उत्पादक संकेत नम्बर ४३४७ रहेको यो नयाँ विमान श्री एयरले अमेरिकाको होराइजन एयरसँग खरिद गरेको हो । यसअघिका दुई विमान समेत सोही कम्पनीसँग खरिद गरेको थियो । नयाँ खरिद गरिएको विमानको पृष्ठभूमी हेर्दा यो विमान १३ वर्ष ६ महिना पुरानो विमान हो ।

यसअघि पनि श्री एयरले २०१९ र २०२२ मा २–२ वटा बम्बार्डियर ड्यास–८ क्यू ४०० विमान खरिद गरेको थियो । श्री एयरको बेडामा हाल दुईवटा सिआरजे २००, दुईवटा सिआरजे ७००, र ६ वटा क्यु ४०० टर्बोप्रप विमान छन्।

IME Lifesidebar
kumari