citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल वायुसेवा निगमले एयर इन्डियासँग सहकार्य गर्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ। नेपाल वायु सेवा निगमले भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) लाई प्रभावकारी बनाउन एयर इन्डियासँग सहकार्य गर्ने भएको छ । निगमले एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्नेलगायत विषयमा छलफल थालेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत क्याम्पबेल विल्सनबिच सो विषयमा छलफल भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्नेलगायत भूमिस्थ सेवालाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको दुवै एयरलाइन्स बिच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोग पुग्ने उहाँले बताउनुभयो । हाल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५१ वर्षदेखि यो सेवा दिँदै आएको छ ।

निगमले सन् १९७२ देखि नै यो सेवा दिन थालेको हो । ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्गत यात्रुको बोर्डिङ, चेक–इन, ब्यागेज, कार्गो ट्रली, ¥याम्प बसलगायत सेवा दिनुपर्ने हुन्छ । नेपालमा निगमले मात्र अरू एयर लाइन्सको व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको अनुमति पाएकामध्ये २८ वटा एयर लाइन्सका ८० भन्दा बढी उडानको ग्राउन्ड ह्यान्डलिङ निगमले गर्दै आएको छ ।

एयर इन्डिया र बुद्ध एयरले भने सेल्फ ह्यान्डलिङ (आफ्नो उडान आफैँ) गर्दै आएका छन् । निगमको आम्दानीको मुख्य स्रोत मानिएको ग्राउन्ड ह्यान्डलिङबाट निगमले वार्षिक पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

 

himalayan life insurance
igi long