citizens life insurance long ad
stcnepal long ad

विश्वविख्यात ट्राभल्स एजेन्सी इन्टरपेडका अध्यक्ष काठमाडौंमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व विख्यात ट्राभल्स एजेन्सी इन्टरपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेड तीन दिने नेपाल भ्रमणका लागि बिहीबार अपराह्न काठमाडौं ओर्लिएका छन्।

नेपालमा पर्यटनको सम्भावनामा विषयमा उनले विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

‘उहाँले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने सकिने सम्भाव्यताका विषयमा विभिन्न सरोकारवालाहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ,’ इन्टरपेड नेपालमा महाप्रबन्धक आशिष बर्माले भने, ‘उहाँले दक्षिण एसियाको भ्रमणका क्रममा भारत हुँदै नेपाल आउनु भएको हो।

उहाँको नेपाल भ्रमणले नेपालको पर्यटन विश्वमाझ अझै प्रवर्द्धन हुन्छ।’अस्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको इन्टरपेडले विश्वका १५० देशमा विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै आएको छ।

नेपाल लगायत २८ वटा मुलुकमा इन्टरपेडले कार्यालय स्थापना गरेर भ्रमण गराउँदै आएको छ। इन्टरपेड विश्वको सबैभन्दा धेरै पर्यटकलाई भ्रमण गराउने ट्राभल एजेन्सीमध्ये एक हो।

२०२३ मा इन्टरपेडले २ लाख ५० जना पर्यटकलाई विभिन्न देशको भ्रमण गराएको थियो। नेपालमा पनि इन्टरपेड सगरमाथा आधार शिविर ट्रेक सबभन्दा बढी गराउनेमा पर्छ।

इन्टरपेडले दिगो विकास र वातावरणमैत्री नीतिलाई अनुसरण गर्दै भ्रमण प्याकेजहरू तयार गर्दै आएको छ।

‘इन्टरपेडले शून्य कार्वन उत्सर्गनको नीतिलाई अवलम्बन गर्दै सोही अनुसार आफ्नो टुर प्याकेजहरू बनाउने गरेको छ,’ इन्टरपेडका नेपाल म्यानेजर बर्माले भने, ‘नेपालमा पनि भ्रमण गराउँदा हामीले वातावरणमैत्री नीति अनुसार प्याकेज गतिविधिहरू बनाएका छौं।’

IME Life
kumari