citizens life insurance long ad
stcnepal long ad

यतीले भित्र्यायो एकसाथ दुईवटा ‘एटिआर–७२’ विमान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ ।

दुवै विमान बिहिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ ।  थपिएका दुई जहाजको क्रमशः ‘९ एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।

IME Life
kumari