sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

ट्वीनअटर जहाज उडानयोग्य नबनाएको भन्दै मातहतका विभाग प्रमुखलाई निगमले स्पष्टीकरण सोधे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमले ट्वीनअटर जहाज नाइन एन–एबीएक्स उडानयोग्य नबनाएको भन्दै मातहतका विभाग प्रमुखलाई स्पष्टीकरण सोधेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ट्वीनअटर जहाज नाइन एन–एबीएक्स मर्मत गरेर उडानयोग्य किन नबनाएको भन्दै कन्टिन्यूइङ्ग एयरवर्दिनेस म्यानेज्मेन्ट विभाग र इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकसँग बुधबार जवाफ मागेका हुन् ।

निगम स्रोतका अनुसार जहाज मर्मत कार्य अगाडि बढाउन निर्देशन दिइएको भए पनि त्यस सम्बन्धी ठोस प्रगति किन हुन सकेन रु भन्दै तीन दिनमा जवाफ दिन भनिएको छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र कार्यकारी अध्यक्ष अधिकारी समक्ष जहाज मर्मत र उडायोग्य बनाउनेबारे किन बारम्बार गलत ब्रिफिङ गरेको ? भन्दै प्रश्न गरिएको छ ।

साथै, नाइन एन(एबीएक्स जहाज कहिलेसम्म उडानमा ल्याउन सक्नुहुन्छ रु ठोस कार्यविवरण र समयसीमासहित स्पष्ट जवाफ पेश गर्न भनिएको छ ।

नाइन एन–एबीएक्स जहाज उडानयोग्य बनाउन मन्त्री किराँती र कार्यकारी अध्यक्षको कार्यालयबाट गत साउनमा एक उपसमिति गठन गरिएको थियो । उक्त समितिले मंसिर १२ गते कार्ययोजना रिपोर्ट पेश गरेको थियो ।

उक्त रिपोर्टउपर नेवानि सञ्चालक समितिको बैठकले १२० दिनभित्र उडान योग्य बनाउन र मर्मत सम्भारको प्रगति विवरण हरेक १५र१५ दिनमा सञ्चालक समितिमा अद्यावधिक गराउन समेत निर्देश दिएको थियो ।

त्यस्तै, सीएएम विभाग र इन्जिनियरिङ मेन्टिनेन्स विभागलाई ३ महिनाभित्र मर्मत सम्भार गर्न स्पष्ट निर्देशन दिइएको थियो । तर, हालसम्म पनि उक्त जहाज उडायोग्य हुन सकेको छैन ।

हालसम्म पनि जहाजको आवश्यक स्पेयर पार्टसहरूको पूर्ण विवरण नबनाइएको, मर्मत सम्भारका लागि बाहिरबाट एमआरओ ल्याउने प्रक्रिया समेत शुरू भएको छैन ।

 

prabhu bank
nawakantipur long