citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटै कम्पनीको आवेदन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटै कम्पनीको आवेदन परेको छ।

निगमका अनुसार लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको प्रस्ताव आएको हो।

निगमले गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै तीन वटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर ९बोलपत्र० आह्वान गरेको थियो।

उक्त समयावधिमा विभिन्न तीन वटा कम्पनीले टेन्डर हालेका हुन्। यससँगै अब निगमको जहाज खरिद प्रक्रिया थप अघि बढ्ने निगमले जनाउको छ ।

निगमसँग हाल दुई वटा ट्वीअटर जहाज छन्। दुर्गम तथा पहाडी भेगमा उडान थप्न र गन्तव्य विस्तार गर्न निगमले थप तीन वटा जहाज किन्न लागेको हो।

himalayan life insurance
igi long