macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

दमामका लागि काठमाडौंबाट उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्कियो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । दमामका लागि काठमाडौंबाट उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एक घण्टामै गएराति नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाडौं फर्किएको हो ।

जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए अलर्ट अर्थात् जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जहाज गएराति ११ बजेर १० मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो ।

‘पाकिस्तानको सीमा नजिकै पुगेको जहाज प्रविधिमा खराबी आएको थाहा पाएपछि भारतीय आकाशबाटै फर्किएको हो’– यो जहाजका यात्रुलाई अब नेपाल एअरलाइन्सकै अर्को जहाजबाट गन्तव्यमा पुर्याइने छ ।

१८ असोज २०८०, बिहीवार ०७:४९ बजे प्रकाशित

NTA long ad