citizens life insurance long ad
stcnepal long ad

 म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

Nimb long ad
Prabhu Insurance Long Ad

इंग्लिस क्लब म्यानचेस्टर  सिटी यूईएफए  च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगलाई ७–० गोलले हराउँदै सिटी अन्तिम ८ मा पुगेको हो । सिटीले पहिलो लेगमा १ गोले गरेकाले समग्रमा ८–१ गोलसँगै क्वार्टरफाइनलमा पुगेको हो ।

घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले पनि एक्एक गोल गरे ।

पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् ।

यस्तै, इटालियन क्लब इन्टर मिलान सन् २०११ पछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

१२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टो दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो ।

IME Life
kumari