citizens life insurance long ad
stcnepal long ad

म्यानचेस्टर सिटी एफ.ए कप फुटबलको क्वाटरफाइनलमा

Nimb long ad
Prabhu Insurance Long Ad

ब्रिस्टोल सिटीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पाँचौ चरणको खेलमा सिटीले ब्रिस्टोललाई ३–० ले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको सातौं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० ले अघि बढाए । त्यसपछि ८१ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

एफ।ए कप पाँचौ चरणको अर्को खेलमा लिड्स युनाइटेडलाई २–० ले हराउँदै फुल्हम पनि क्वाटरफाइनलमा उक्लिएको छ ।

यसैगरी स्टोक सिटीलाई १–० ले हराउँदै ब्राइटन तथा लेस्टर सिटीलाई २–१ ले हराउँदै ब्ल्याकबर्न रोभर्स पनि अन्तिम आठमा प्रवेश गरेका छन् ।

IME Life
kumari