citizens life insurance long ad
stcnepal long ad

टाइगर कप भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । तेस्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आइतबार सुरु हुँदैछ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबबीच प्रतिस्पर्धा टाइगर ग्रुप अफ पोखराले जनाएको छ।

माघ १४ गतेसम्म सञ्चालन हुने खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ। राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला ४ र पुरुषतर्फ ५ टिम गरी ९ टिमको सहभागिता रहनेछ।

महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमले ५/५ लाख नगद, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुनेले नगद १ लाख २५ हजार प्राप्त गर्नेछन्।

सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने टाइगर ग्रुप अफ पोखराले जानकारी दिएको छ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ।

IME Life
kumari