citizens life insurance long ad
stcnepal long ad

शीर्ष स्थानको रियल सोसिडाडमाथि बार्सिलोनाको जित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले शीर्ष स्थानको रियल सोसिडाडमाथि जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक(–क गोल गरे । उता सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा जोेसेको गोलमा पाहुना टोली सोेसिडाडले अग्रता बनाएको थियो । ३१ औं मिनेटमा आल्बाले घरेलु टोली बार्सिलोनाका लागि बराबरी गोेल फर्काएका थिए । ४३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको जित दिलाए ।

जितसँगै बार्सिलोेनाले आफूलाई शीर्ष पाँचमा उक्लिएको छ । बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ । बार्सिलोना अंक तालिकाकोे पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ । लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ ।

IME Life
kumari