ला लिगा : एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लियो
एजेन्सी । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले काडिचलाई ४–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
एट्लेटिकोलाई सानदार जित दिलाउनको लागि युवा खेलाडी जाओ फेलिक्सको दुई गोल गरे भने मार्कोस लोरान्टे र लुइस सुआरेजले समान एक(एक गोल गरे ।
घरेलु मैदानमा भएको खेलमा आठौं मिनेटमा फेलिक्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा लोरान्टेले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको एट्लेटिकोले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।
५१औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई जिततर्फ लिए । ९० औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ४(० को जित दिलाए ।
जितसँगै लिगमा ७ खेल खेलेको एट्लेटिकोले १७ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित काडिचको ९ खेलबाट १४ अंक छ ।






















