stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सीपीएल फाइनल आजः ट्रिनबागो र लुसिया भिड्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । क्यारेवियन प्रिमियर लिग (सीपीएल)को फाइनल आज हुँदैछ । फाइनलमा ट्रिनबागो नाइटराईडर्स तथा सेन्ट लुसिया आमने सामने हुँदैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ ।

अपराजित रहेको नाइटराइडर्स चौथो उपाधि जित्ने लक्ष्यमा रहेको छ । सेन्ट लुसिया भने पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ फाइनलमा उत्रने छ । नाइटराईडसले अहिलेसम्म फाइनलमा पराजय भोग्नु परेको छैन ।

नाइटराईडर्सले सेमिफाइनलमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालवाजलाई ९ विकेटले पराजित गरेको थियो । उता अर्को खेलमा सेन्ट लुसियाले जम्मा ४.३ ओभरमा गुएना अमेजनले दिएको लक्ष्य पूरा गरेको थियो ।

prabhu mahalaxmi
kumari