stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

इंग्ल्यान्ड विरुद्धको तेस्रो एकदिवसीय खेलमा आयरल्यान्डको शान्दार जित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा आयरल्यान्डले शान्दार जित हात पारेको छ । यसअघिका दुई खेलमा पराजित भएको आयरल्यान्डले तेस्रो खेलमा ७ विकेटको जित हात पारेको हो ।

इंग्लिस कप्तान इयान मोर्गान तथा आयरल्यान्डका पाउल स्टर्लिङ र कप्तान एन्डी बाल्बिर्नीले सहित तीन खेलाडीले शतक हान्दा खेल रोमाञ्चक बनेको थियोे ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ४९.५ ओभरमा ३२८ रनमा अलआउट भयो। मोर्गानले १०६ रन जोड्दा टम बन्टनले ५८ रन र डेभिड विलीले ५१ रन ज‍ोडे। बलिङमा आयरल्यान्डका क्रियाग योङले ३ विकेट लिए।

३२९ रनको लक्ष्य आयरल्यान्डले १ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि स्टर्लिङले १४२ रन र कप्तान एन्डीले ११३ रन जोडे। स्टर्लिङ प्लेयर अफ दि म्याच भए। ह्यारी टेक्टर नटआउट २९ र केभिन ओ’ब्राइनले १५ बलमा नटआउट २१ रन जोडे।

आयरल्यान्डले सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिजलाई हराएपछि पहिलो पटका ठूला प्रतिद्वन्दीलाई हराएको हो।

prabhu mahalaxmi
kumari bank
kumari