क्रोएसियालाई पेनाल्टीमा हराउँदै फ्रान्स पनि सेमिफाइनलमा
फ्रान्स युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा क्रोएसियामाथि पेनाल्टीमा जित हात पार्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो ।
पहिलो लेगमा २–० ले हारेको बदला आज फ्रान्सले लिएको थियो । निर्धारित खेलमा फ्रान्सले २० को जित दर्ता गरेपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा फ्रान्सले ५–४ गोलअन्तरले बाजी मार्यो ।
फ्रान्सका लागि कप्तान केलियन एम्बापे, टौचामेनी, र्याण्डल कोलो मौनी, डेजायर, डयोटले गोल गरेका थिए भने कोण्डे र हर्नाण्डेजले असफल भए ।
यता क्रोएसियाका लागि पेनाल्टीमा मार्टिन, फ्रान्जो र जोसिपले गोल गर्न सकेनन् । त्यसअघिको खेलमा फ्रान्सका लागि माइकल र डेम्बेलेले गोल गरेका थिए ।




























