stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

राखेप सदस्य सचिवमा तीन जनाको नाम सिफारिस

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् ।

सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मासमक्ष सिफारिस गरेको हो ।

मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । समितिले सदस्य सचिवका लागि गत असार २६ गते सात दिने खुला दर्खास्त आह्वान गरेको थियो । उक्त अवधिमा सदस्य सचिवका लागि तीन महिलासहित २७ जनाले निवेदन दिएका थिए ।

सदस्य सचिवका लागि सिफारिस गरिएका सिलवाल यसअघिका सदस्य सचिव हुन् । यस्तै अर्का व्यक्ति थापा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य हुन् ।

सिफारिस गरिएकी श्रेष्ठ राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान हुन् । अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्नेछ भने मन्त्रिपरिषद्को बैठकले राखेपको नयाँ सदस्य सचिवको निर्णय गर्नेछ ।

खेलकूद विकास ऐन २०७७ मा सदस्य सचिवका लागि मन्त्रालयले गठन गरेको समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । यसअघि युवा तथा खेलकूदमन्त्रीले राखेप सदस्य सचिव सोझै नियुक्त गर्न मिल्ने ऐनमा व्यवस्था थियो ।

राखेप सदस्य सचिव बन्नका लागि नयाँ ऐनमा ३० वर्ष उमेर पूरा भएको, नेपाली नागरिक भएको, स्नातक तह उत्तीर्ण भएको, खेलकूदका क्षेत्रमा पाँच वर्ष काम गरेको तथा प्रचलित कानूनले अयोग्य ठहर नभएको व्यक्ति हुनुपर्ने प्रावधान छ । रासस

prabhu mahalaxmi
kumari bank
kumari