stcnepal long ad
global ime bank long

केडिया ग्रुपले नेपाल भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग(एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ ।

मङ्गलबार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो।

कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो अनावरण गरेका थिए भने मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे ।

केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप यचाईमा पुर्याउने लक्ष्यका साथ यचाईको उडान स्लोगान राखिएको बताए ।

नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ को मार्च महिनामा सुरु हुनेछ। लिगमा देशभरका विभिन्न क्षेत्रबाट उत्कृष्ट खेलाडीहरुका साथै विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता रहनेछ।

यो प्रतियोगिताले नेपालभरका उत्कृष्ट भलिबल खेलाडीहरूको सहभागिता सुनिश्चित गर्नेछ र खेलाडीहरूको लागि नयाँ अवसरको सृजना गर्नुका साथै नेपाली भलिबलको स्तरलाई थप नयाँ उच्चाइमा पुऱ्याउने लक्ष्य रहेको केडिया ग्रुपले जनाएको छ।

एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने जानकारी दिए ।

उनका अनुसार ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछ र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । यस्तै हरेक टोलीमा ९ नेपाली र ३ विदेशी खेलाडी गरि कुल १२ खेलाडि रहने बताइएको छ ।

पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ ।

सम्झौता अनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ । नेपाल भलिबल लिगको माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबललाई नयाँ उचाईमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा लैजाने सोच बनाएको अध्यक्ष विमल केडियाले बताए ।

कार्यक्रममा श्रीलंकामा भएको काभा पुरूष भलिबल प्रतियोगितामा रजत पदक जित्न सफल भएको यु–२० नेपाली राष्ट्रिय टोलीको सदस्यलाइ नगद सहित सम्मान गरिएको थियो ।

१२५ वर्ष लामो विरासत बोकेको केडिया ग्रुपले आर्थिक, शैक्षिक, सामाजिक, आध्यात्मिक, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रहरूमा योगदान पुऱ्याउँदै आएको छ ।

IME Lifesidebar
kumari