दुई कम्पनीको बोनश शेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सर्वोतम सिमेन्ट सहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, सर्वोतम सिमेन्ट र ग्रीन भेन्चर्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
सर्वोतम सिमेन्ट लिमिटेडको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७६४.७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ७१४.६७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, ग्रीन भेन्चर्स लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ५६१.५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
समायोजन पश्चात कम्पनीको मूल्य ५१०.४५ रुपैयाँ कायम भएको छ । यो सँगै,अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।































