citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

टी–२० विश्वकपको सेमिफाइनलका दुवै खेल आज हुँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। जारी टी–२० विश्वकपको सेमिफाइनलका दुवै खेल आज हुँदै छ। सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन्।

सुपर आठको समूह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन्। त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङ्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन्।

अब सेमिफाइनलका दुवै खेल बिहीबार हुने छन्। बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ। ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल आज नेपाली समय अनुसार विहान ६ः १५ बजेदेखि शुरु हुने छ।

दक्षिण अफ्रिका सुपर आठमा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुगेको हो।

यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ। दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्को तर्फ अफगानिस्तानले समूह चरणमा न्यूजील्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ।

त्यस्तै दक्षिण अफ्रिका १० बर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ। यस अघि २०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनलमा पुगेको थियो।

त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो। दक्षिण अफ्रिका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।
त्यस्तै अफगानिस्तान भने इतिहास बनाउदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी–२० खेल भएका छन्। जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेल भारत र इङ्ल्याण्डबीच हुने भएको छ। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि शुरु हुने छ।

भारत यस विश्वकपमा अपराजित हुँदै सेमिफाइनलसम्म पुगेको छ भने इङ्ल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउँदै सेमिफाइनलमा पुगेको छ। इङ्ल्याण्ड समूह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

भारतले २००७ को टी–२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन। २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो। त्यस्तै इङ्ल्याण्डले भने २०१० र २०२२ को विश्वकप जितेको थियो।

भारत र इङ्ल्याण्डबीच अहिलेसम्म २३ टी–२० खेल भएका छन्। जसमा भारतले १२ र इङ्ल्याण्डले ११ खेल जितेका छन्।

himalayan life insurance
igi long