stcnepal long ad
ime life insurance
national life
global ime bank long

रियल म्याड्रिडले जित्यो १५ औं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

स्पेनिस टोली रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

लन्डनको वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमण्डलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलका लागि ड्यानी कार्भाजालले खेलको ७४ औं र भिनिसियस जुनियरले ८३ औं मिनेटमा गोल गरे । रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो ।

डर्टमण्ड सन् १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमण्ड सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।

IME Lifesidebar
kumari