citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल जुडो संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाइ

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल जुडो संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाइ दिएका छन् ।

त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा पदाधिकारीसंग भएको भेटमा सदस्य–सचिव घिसिङले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिदै सफल कार्यकालका लागि शुभकामना दिए ।

घिसिङले वर्तमान कार्यसमितिले जुडो संघलाई अझ मजवुद बनाएर लाने विश्वास व्यक्त गर्दै जुडो खेलप्रति आकर्षण जगाउन व्यापक प्रचार प्रसार गर्नु पर्ने आवश्यकता औल्याए ।

गत बैशाख ३१ गते सम्पन्न जुडो संघको छैठौं केन्द्रीय चुनावी साधारण सभाले दीपकहर्ष वज्राचार्यको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

धर्मशिला चापागाईं वरिष्ठ उपाध्यक्ष, रमेश महर्जन, हेमराज भण्डारी, सुरजकाजी डोटेल र गंगा खड्का उपाध्यक्ष, प्रकाशचन्द्र पाण्डे महासचिव, पवनकुमार बानियाँ सचिव तथा प्रमोदप्रसाद नेपाल कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

राजन रोकाय, सुनिता बोहरा, तुलबहादुर थापा मगर, दीपक विष्ट, सविन मुक्तान र प्रकाश सारु मगर सदस्यमा चयन भएका थिए । सबै पदमा निर्वाचन भएको थियो ।

gold
himalayan life insurance long ad