जापान र इरान एसियन कप फुटबलको क्वाटरफाइनलमा

एफसी एसियन कप फुटबलमा बहराइनलाई हराउँदै उपाधि दाबेदार जापान क्वाटरफाइनमा प्रवेश गरेको छ । कतारमा भैरहेको खेलमा हिजो जापान ३–१ गोलले विजयी भएको हो । यस्तै हिजोको अर्को खेलमा इरानले सिरियालाई हराउदै क्वाटरफाइनमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टिमा गएको खेलमा इरानले सिरियालाई ५–३ गोल अन्तरले हराएको हो । सेमिफाइनल प्रवेशका लागि अब जापान र इरानबीच खेल हुनेछ ।