macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आहारारा पोखरा गोल्डकप : आज आर्मी र चर्चब्वाइज भिड्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पोखरा। पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।

आजको खेल जित्ने टिमले शनिबार हुने २३औं आहारारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ ।

आहारारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । अघिल्लो संस्करणदेखि सहभागी हुन लागेको चर्चब्वाइज पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको थियो ।

तर, सेमिफाइनलमा अमेरिकन टिम बीवाईएससीसँग १(० ले पराजित हुँदा उपाधि नजिक पुगेर पनि बाहिरिनुपर्‍यो ।

चर्चब्वाइज बाइ पाउँदै सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा आहाराराकै सर्वाधिक सफल टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।

आहाराराको पुरानो र अनुभवी त्रिभुवन आर्मी क्लब हालसम्म उपाधिविहीन छ । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा हालसम्म उपाधि जित्न सकेको छैन । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो ।

himalayan life insurance
igi long
NTA long ad