sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

श्रेयश र केएलको शतकमा नेदरल्यण्डसमाथि भारतको शानदार जित

Nimb long ad
Prabhu Insurance Long Ad

विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भारतले नेदरल्याण्डसमाथि १६० रनको शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको भारतले दिएको ४११ रनको चुनौती नेदरल्याण्डसका लागि भारी भएको हो।

सुरुमा ब्याटिङ गरेको भारतले चार विकटेको क्षतिमा ४१० रन बनाएको थियो। नेदरल्याण्डविरुद्ध विशाल लक्ष्य बनाउन भारतका श्रेयस ऐयर र केएल राहुलले शतक प्रहार गर्नुभयो।

बैंगलुरमा भएको खेलमा चौथो नम्बर ब्याटिङमा आउनुभएका ऐयरले ८४ बलमा शतक पूरा गर्नुभयो। ९४ बल खेल्नुभएका ऐयर १२८ रनमा नट आउट हुनुभयो। यता केएल राहुलले ६४ बलमा १०२ रन बनाउनुभयो।

भारतका लागि दुई ब्याट्सम्यानले शतक प्रहार गर्दा तीन ब्याट्सम्यानले अर्थशतक बनाए। विशाल रनको लक्ष्यका लागि भारतका कप्तान रोहित शर्मा, शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाउनुभएको हो।

कप्तान शर्माले ५४ बलमा ६१ रन, सुभमन गिलले ३२ बलमा ५१ रन जोड्नुभयो भने विराट कोहलीले ५६ बलमा ५१ रन नै बनाउनुभयो। विशाल रनको लक्ष्य पाएको नेदरल्याण्डस ४७.५ ओभरमा २५० रन बनाएर अलआउट भयो।

नेदरल्याण्डसका लागि तेजा निदामानुरुले अर्थशतक बनाउनुभयो। भारतका बलरसामु अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्।

यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको भारतले नौ खेलमा सबै जित निकाल्दै १८ अंक बनाएको छ। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। विश्वकप २०२३ को सेमिफाइनलमा भारतसँगै दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजल्याण्ड पुगेका छन्।

prabhu bank
nawakantipur long