citizens life insurance long ad
stcnepal long ad

ग्रेनेडासँग बार्सिलोनाको पुनरागमन बराबरी

Nimb long ad
Prabhu Insurance Long Ad

म्याड्रिड । किशोर खेलाडी लामिन यमलले बार्सिलोनाका लागि स्पेनी ला लिगामा गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान बनाएका छन् ।

उनको त्यस प्रदर्शनको मदतले बार्सिलोनाले आइतबार दुई गोलले पछाडि रहेको स्थिति उल्टाउँदै ग्रेनेडालाई २–२ को बराबरीमा रोकेको छ । यमलले १६ वर्ष ८७ दिनको उमेरमा गोल गरे र यससँग बार्सिलोनाको पुनरागमन सुरु भएको हो ।

खेल सकिन पाँच मिनेट अगाडि सर्जियो रोबर्टोले निर्णायक बराबरी गोल गरे । ग्रेनेडाका लागि ब्रायन जारागोजाले दुई गोल गरेका थिए ।

यस बराबरीपछि बार्सिलोनाको २१ अंक भएको छ र तेस्रो स्थानमा छ । रियल म्याड्रिड २४ र जिरोना २२ अंकमा शीर्ष दुई स्थानमा छन् ।

अंक तालिकाको चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिडले अर्को खेलमा रियल सोसिडाडलाई २–१ ले हरायो । यस्तै, लास पाल्मासले भिल्लारियलमाथि २–१ कै जित रच्यो ।

IME Life
kumari