citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिटेन्स

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार पुस महिनामा मात्रै १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । जुन मंसिर महिनाको तुलनामा ५ अर्बले धेरै हो । गत मंसिरमा १ खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

gold
himalayan life insurance long ad
kumari bank