citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सेवा लम्साल सचिवमा बढुवा, परराष्ट्र मन्त्रालयले पायो पहिलो महिला सचिव

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आज बिहीवारको बैठकले लम्साललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै स्थापनाको ७२ वर्षपछि परराष्ट्र मन्त्रालयले पहिलो महिला परराष्ट्र सचिव पाएको छ । लम्साल नेपालको २५ औँ परराष्ट्र सचिव बन्नुभएको छ ।

यसअघि भरतराज पौड्याल परराष्ट्र सचिव हुनुहुन्थ्यो । ५८ वर्षे उमेरहदका कारण पौड्यालले यही मङ्सिर १९ गतेदेखि अवकाश पाएपछि लम्साल नयाँ परराष्ट्र सचिव हुनुभएको हो ।

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

साथै बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

himalayan life insurance
igi long