stcnepal long ad
global ime bank long

ईसेवा मनि ट्रान्स्फर र सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।

स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ।

यो सम्झौतासंगै मलेशियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सिबिएल मनि ट्रान्स्फरको १५ शाखाहरु, वा मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।

साथै सिबिएल मनि ट्रान्स्फरबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तिय संस्थाहरु तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखं प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला र सिबिएल मनि ट्रान्स्फरको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गर्नुभएको थियो। ईसेवा मनि ट्रान्स्फर र सिबिएल मनि ट्रान्स्फर बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

यस सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईरालाले भने, “सिबिएल मनि ट्रान्स्फरको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ।

सिबिएल मनि ट्रान्स्फर मलेशिया मार्फत अब नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरुलाई सुरक्षित र भरपर्दो माध्यमबाट आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ”।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

सिबिएल मनि ट्रान्स्फर विश्वव्यापी रेमिट्यान्समा अग्रणी नामहरू मध्ये एक हो । सिबिएल मनि ट्रान्स्फर विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ र कम्पनीले लाखौं मानिसहरूलाई छिटो र सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न मद्दत गरेको छ।

IME Lifesidebar
kumari