stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखरा महानगरभित्रका पाँच पेट्रोल पम्पमा अनुगमन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पोखरा । पोखरामहानगरपालिकाले पेट्रोल पम्प अनुगमन गरेको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखरा महानगरभित्रका पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुली आयल स्टोर्स, मालेपाटनको सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको अनुगमन संयोजक तथा पोखरा महानगरपालिकाकी उमप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका अधिकारी सहभागी हुनुहुन्थ्यो ।

डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नवीकरण भए नभएको अनुगमन गरिएको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताउनुभयो ।

“अनुगमनका क्रममा परिणाम र गुणस्तरमा कैफियत फेला परेन”, पौडेलले भन्नुभयो । उहाँका अनुसार केही पेट्रोल पम्प महानगरमा विना दर्ता सञ्चालन भएको पाइएको छ । उनीहरुलाई महानगरमा दर्ता गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

himalayan life insurance
igi long