citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ललितपुर महानगरद्वारा नगरलाई सुन्दर बनाउने अभियानमा अवरोध नगर्न आग्रह

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

ललितपुर । ललितपुर महानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियानमा अवरोध नगर्न आग्रह गरेको छ ।

महानगरपालिकाले सञ्चालन गरेको सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको अभियानमा केही व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक जग्गा तथा सम्पत्ति अतिक्रमणमा लागेको र आफ्नो घरको गेट समेत सार्वजनिक बाटोतर्फ खोल्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बाटोमा प्रयोग गरी अरु नागरिकलाई समेत अवरोध सृजना गर्ने गरेको पाइएकोमा ध्यानाकर्षण भएको महानगरले जनाएको छ ।

त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई ३५ दिनभित्र सुधार गर्न पनि महानगरपालिकाको आग्रह छ ।

तोकिएको मिति ३५ दिनभित्र पनि सुधार नगरेमा कानुनी कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

महानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियान अन्तर्गत हरियाली प्रवर्द्धन, सडक पेटीमा सुधार, स्मार्ट बत्ती जडान, ऐतिहासिक सम्पदा तथा सार्वजनिक जग्गा संरक्षणका काम गर्दै आएको जनाएको छ ।

 

himalayan life insurance
igi long