stcnepal long ad
ime life insurance
national life
global ime bank long

बेरुजु फर्छ्योटको व्यवस्था मिलाउन निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा । पोखरा महानगरपालिकाको लेखा समितिले बेरुजु अत्यधिक बढेको भन्दै शीघ्र फर्छ्योटको व्यवस्था  मिलाइ सोको प्रगति विवरण समितिको बैठकमा पेश गर्न निर्देशन दिएको छ ।

महानगर लेखा समितिको नवौँ बैठकले महानगरपालिकाको बेरुजु अत्यधिक बढ्दै गइरहेकाले र फर्छ्योटको गति सुस्त रहेकाले आगामी दिनमा शून्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि एवं कार्ययोजना बनाई शीघ्र फर्छ्योटको व्यवस्था मिलाइ प्रगति विवरण समितिमा पेश गर्न महानगर कार्यपालिकालाई निर्देशन दिएको हो ।

बैठकले सङ्घीय सरकारले कार्यक्रम राखी आमन्त्रण नगरेको या कामको प्रयोजन समेत नखुलेको दुवै अवस्थामा कार्यालयले कर्मचारीलाई जिल्ला बाहिर विशेष कामकाज खटाउने गरेको पाइएको भन्दै आगामी दिनमा वस्तुनिष्ठ र मितव्ययी तरिकाले काजमा खटाउने कार्यलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

महानगरका कर्मचारीलाई आवास सम्बन्धी कुनै पनि नीतिगत एवं कानुनी व्यवस्था बिना नै घर भाडाका लागि ठूलो रकम खर्च हुने गरेको भन्दै त्यसको नियन्त्रण गर्न निर्देशन दिइएको लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिनुभयो ।

कार्यालयमा माली, कुचीकार, कार्यालय सहयोगीजस्ता पदमा बाहेक अन्य पदमा कर्मचारी राख्न नपाउने व्यवस्था भए पनि अन्य पदमा समेत करारमा कर्मचारी भर्ना गरिरहेको अवस्था देखिएकाले आगामी दिनमा आवश्यक भएमा लोकसेवा आयोगसँग माग गर्ने कानुनी व्यवस्थालाई पालना गर्न निर्देशन दिइएको छ ।

बैठकले कार्यालयमा प्राविधिक जनशक्ति उपलब्ध हुँदाहुँदै महानगरभित्र अन्य निकायका भवन निर्माणको एवं नक्सा डिजाइनउपर निगरानी, चेकजाँच गरी स्वीकृति गर्ने अवस्था भए पनि महानगरको आफ्नै भवनको डिजाइन बनाउन समेत बाहिरबाट परामर्श सेवाका नाममा लाखौँ रकम खर्च भएको देखिएकाले रोक्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

कार्यपालिका बैठक, तालिम आदि सञ्चालनका लागि कार्यालय हल हुँदाहुँदै विभिन्न रिसोर्टमा ठूलो रकम खर्च हुने गरेको देखिएकाले त्यसबाट नागरिकमा आफूले तिरेको राजस्व रकम दुरुपयोगको बढ्दो टिप्पणी एवं चिन्ता व्यक्त हुने गरेकाले नागरिकले तिर्ने रकमको सम्मान र सदुपयोगको प्रत्याभूति गर्ने गरी कार्यपालिका बैठक कार्यालय बाहिर गर्न निरुत्साहित गर्नुपर्ने देखिएको भन्दै सचेत गराइएको छ ।

IME Lifesidebar
kumari