stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्मार्ट पालिका बन्दै काठमाडौं महानगर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । विश्वमा प्रविधिको उच्चतम् प्रयोग भइरहेको छ । अत्यन्तै झन्झटिला कामहरू पनि प्रविधिले निकै स्मार्ट तरिकाले सम्पन्न गर्न सक्षम छ ।

प्रविधिको प्रयोगले सेवाग्राहीलाई सेवा प्रदान गर्न सक्ने हो भने सेवाग्राहीको समय र पैसा दुवै जोगिन्छ । घण्टौँ लाइन बसेर सरकारी सेवा लिन बाध्य आमसर्वसाधाराणलाई प्रविधिको माध्यमबाट सेवा दिन सक्ने हो भने घरमै बसी बसी आफ्नो काम गर्न सक्छन् ।

सर्वसाधारणलाई बिना झन्झट प्रविधिका माध्यमबाट सेवा प्रदान गर्ने सेवादाता बन्ने अभियानमा जुटेको छ काठमाडौँ महानगरपालिका ।

लामो समय लाइनमा बसेर वडा कार्यालयबाट लिने विभिन्न सिफारिससँगै कर तिर्न भोगिरहेको झन्झटबाट काठमाडौँ महानगरबासीले राहत पाउने भएका छन् ।

महानगरपालिकाले सेवाग्राहीको सहजीकरणका लागि ‘काठमाडौँ महानगरपालिका सेवा प्रवाह’ नामक एपबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने तयारी पूरा गरेको छ ।

सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्न महानगरपालिकाले २८सौँ महानगर दिवसको अवसरमा सो एप सार्वजनिक गरेको हो । महानगरवासीलाई अधिकतम सेवा सहजरूपमा प्रदान गर्न डिजिटल सेवा शुरु गरिएको महानगर प्रमुख बालेन्द्र शाहले बताउनुभयो ।

“सेवाग्राहीले आफूलाई चाहिएको सिफारिस तत्काल उपलब्ध गराउन सकिन्छ”, १७ नं वडाका वडा अध्यक्ष नवीन मानन्धरले भन्नुभयो । सेवालाई सहजीकरण गर्न लागु गरिएको एपको प्रयोग गर्न सबै वडाका अध्यक्ष र कर्मचारीलाई तालिम प्रदान गरिसकिएको महानगर सूचना प्रविधि समितिका संयोजक समेत रहनु भएका मानन्धरले जानकारी दिनुभयो । उहाँले सामान्य खालका सिफारिस मोबाइल एपबाटै लिन सकिने बताउनुभयो ।

आवश्यक कागजात अपलोड गरेर महानगरले तोकेको सेवा शुल्क तिरेपछि डाउनलोड या प्रिन्ट गरी लिन सकिने गरी स्मार्ट सेवा दिन एप निर्माण गरिएको महानगर सूचना विभागका विभागीय प्रमुख नवराज ढकालको भनाइ छ ।

सेवाग्राहीको काममा प्रविधिको अधिकतम् प्रयोगलाई सहज गराउन हरेक वडाध्यक्षलाई ट्याबसमेत प्रदान गरिसकेको ढकालले बताउनुभयो ।

स्मार्ट पालिका सफ्वेयर डेभलपरले तयार गरेको एपमा महानगरका विभिन्न महत्त्वपूर्ण जानकारी, आकस्मिक सम्पर्क, जनगुनासो लगायतका विषय पनि समेटिएको एप डेभलपर मनोहर भट्टराईले बताउनुभयो ।

उहाँले जनताले एउटै एपबाट अधिकतम सुविधाको उपयोग गर्न पाउने गरी तयार भएको बताउँदै यसको प्रयोगबाट महानगरबासीले स्मार्ट पालिकाको स्मार्ट सेवा प्राप्त गर्ने दावी गर्नुभयो ।

उहाँका अनुसार यसअघि यस्तै प्रकृतिको सेवा वालिङ नगरपालिकामा सञ्चालन र प्रयोग भइसकेको छ भने त्यसको परिष्कृत संस्करणमा तयार गरिएको एप महानगरले सञ्चालनमा ल्याएको हो ।

एकदमै राम्रो शुरुआत भएको भन्दै वडाअध्यक्षहरूले यसलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भएको छ । उनीहरूका अनुसार यसले वडा कार्यालयको ६० देखि ७० प्रतिशत सेवाग्राहीको चाप कम हुनेछ ।

“यो एप पूर्णरूपले सञ्चालनमा आयो भने वडा कार्यालयमा हुने ७० प्रतिशत सेवाग्राहीको चाप घट्छ”, वडा नं वडाध्यक्ष ख्यामराज तिवारी भन्नुहुन्छ, “साना साना कामका लागि पनि वडा कार्यालयमा आउनु पर्ने बाध्यता हट्ने भएकोले सेवाग्राही र महानगर दुवैका लागि यो अत्यन्तै उपयोगी छ ।”

IME Lifesidebar
kumari