stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ । कामपाको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैं नजिकै आइसकेको अवस्था छ तर आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन हुन सकेको थिएन अब आउने सातादेखि गर्ने तयारी छ ।

प्रमुख काफ्लेले भन्नुभयो, “कामपाले बजार अनुगमन गर्दा केन्द्रबाट पनि अनुगमन टोली, सुरक्षा निकायसहितको सहभागितामा मात्र गर्ने गरेको छ ।

आन्दोलनका कारण सरकारका सबै संयन्त्रहरू काममा फर्किसकेको अवस्था नभएकाले आगामी सातादेखि मात्र अनुगमन गरिने तयारी गरिएको हो ।”

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा अनुगमन गर्ने गरेको छ । अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षलगायतको अनुगमन गर्ने पनि सहायक प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

कामपा अनुगमन टोलीले विगतका वर्षहरूमा पनि सुपरमार्केट खाद्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्षमा ध्यान दिन सुझाव दिने गर्दै आएको थियो ।

अनुगमनको क्रममा कमजोरी भेटिए वा उपभोक्तालाई ठगी गरे पाइए कानुअनुसार जरिवाना र थप कारबाही गरिने समेत गर्ने कामपाले चेतावनी दिएको छ ।

स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने पनि कामपाको भनाइ रहेको छ । अन्य समयमा पनि फुटफुट बजार अनुगमन गर्दै आएको कामपाले चाडपर्वमा भने नियमितजस्तै अनुमगन गर्ने गरेको छ ।

बर्खाको समयमा कामपाले पिउने पानी राखिएको जारको नियमितजस्तै अनुगमन गरेको थियो भने मापदण्ड विपरीतका करिब ३०० जार नष्ट समेत गरेको थियो । त्यस्तै उपभोक्ताले गरेका गुनासोको आधारमा होटल र मिठाई पसलको अनुगमन गर्दा खाद्य वस्तु भेटिएपछि रु दुई लाख जरिवाना गराएको थियो ।

IME Lifesidebar
kumari