स्थानीय असल शासनको प्रवर्धनका २६ औँ वर्ष
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफ. एम. ९४ विन्दु ६ मेगाहर्जको आज २६ औँ स्थापना दिवस हो । यसले नागरिकसँग सञ्चार दोहोरो संवाद मार्फत महानगरपालिकाको नीति, योजना तथा कार्यक्रममा पृष्ठपोषण प्रदान गर्ने माध्यम हो ।
नेपाली भाषासँगै नेपाल भाषा र तामाङ् भाषाका समाचार बुलेटिन, शिक्षामूलक, सूचनामूलक, जानकारीमूलक र मनोरञ्जनात्मक प्रस्तुतिहरुका साथमा सञ्चार सेवा प्रवाह गर्दै आएको छ ।
महानगरबासी र सूचनाका उपभोक्ताप्रति पूर्ण उत्तरदायी रेडियो प्रसारण सेवा आफ्नै समीक्षा गर्दै आजको प्रस्तुति समर्पण गरिएको छ । यसमा सूचना प्रविधि विभागका प्रमुख एवं स्थानीय सञ्चार रजिष्ट्रार अनिरुद्र नेपालसँगको कुराकानी र रेडियो रिपोर्ट समावेश छ ।
काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने सेवा, सम्पादन गर्ने काम, नीति योजना तथा कार्यक्रम र जनसरोकारका विषयमा प्रवाह हुने सूचना, जानकारी तथा शिक्षामूलक विषयका लागि मेट्रो एफ. एम. ९४ विन्दु ६ मेगाहर्ज सुन्दै रहनुहोला ।






















