stcnepal long ad
national life

अनुगमन टोली देखेर सटर बन्द गर्ने होइन, आइदिनोस् भन्ने संयन्त्र बनाउँछौँ: उपप्रमुख डंगोल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बजारमा अनुगमन टोली आएको खवर सुनेर सटर बन्द गर्ने अवस्थालाई रुपान्तरण गरेर मेरो व्यवसायको अनुगमन गरिदिनोस्, मेरो व्यवसायको स्तर निर्धारण गरिदिनोस् भन्ने संयन्त्रका लागि काम गरिरहेको काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले बताइन् ।

आज दरबार हाइस्कूलमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीका लागि आयोजना गरिएको क्षमता विकास कार्यक्रममा सहभागीहरुसँग अन्तरक्रिया गर्दै उनले यस्तो धारणा राखिन् ।

खाद्य सेवाको स्तरलाई प्रमाणीकरण गर्ने योजनाका विषयमा कुरा गर्दै उनले भनिन् ‘मापदण्ड पूरा गरेकालाई प्रमाणीकरण गर्ने योजनामा छौँ ।

जसको प्रमाणीकरण हुन्छ त्यहाँ व्यापार वृद्धि हुन्छ । जसको प्रमाणीकरण हुृँदैन, त्यहाँ व्यापार पनि हुँदैन । स्तर कायम गराउन व्यवसायीका बिचमा स्वच्छ र सकारात्मक प्रतिस्पर्धा गराउने हाम्रो योजना हो ।’

उनले थपिन ‘प्रमाणीकरण हुनुअघि सबैलाई मापदण्डबमोजिम सञ्चालन गर्ने अवसर प्रदान गर्नेछौँ । स्तर कायम गराउन क्षमता अभिवृद्धि गराउनेछौँ ।

यसपछि टोली अनुगमनमा आयो भनेर चिन्तित हुनुपर्दैन बरु मेरोमा अनुगमन गर्न आउन भ्याएको छैन, कहिले स्तरीकरण र प्रमाणीकरण गर्ने होला भनेर चिन्ता गर्नु पर्ने हुन्छ ।’

अनुगमन प्रणालीका विषयमा कुरा गर्दै उनले भनिन्, ‘दण्ड जरिवानाका लागि अनुगमन होइन । अनुगमनले स्वच्छता, गुणस्तरीयता र मूल्यसहित प्रचलित पेशागत मर्यादाका पक्ष हेरेर उपभोक्ताको हक सुनिश्चित गर्ने हो । यी विधि र प्रक्रिया पालना नगर्दा मात्र जरिवाना हुन्छ । विधि पालना गर्नेहरुको क्षमता विकासमा अनुगमनले सहयोग गर्दै आएको छ ।’

अन्तरक्रियामा व्यवसायीहरुले तालिमले व्यवसायको स्वच्छताका लागि नयाँ सिप विकास भएको, उपभोक्ता र नियामक निकायप्रति थप जिम्मेवार भएको धारणा सुनाए । हामीलाई पेशा वृद्धि हुनेमा आत्मविश्वाश (कन्फिडेन्ट) बढेको छ ।

यसमा हामी पेशाकर्मीका दायित्वप्रति प्रतिवद्धता(कमिटमेन्ट) गर्न चाहन्छौँ । उनको भनाइ थियो । आजको तालिममा ३६६ जनाको सहभागिता थियो ।

‘होटल, क्याटरिङ्, व्याङ्क्वेटबाट प्रदान गरिने खाद्य सेवाका विषयमा आउने गुनासोहरुमध्ये धेरै जसो स्वच्छतासँगै सम्बन्धित छन् । यससँगै खानेकुरामा झिँगा भेटियो ।

साङ्लो भेटियो । भुसुना भेटिए । जस्ता गुनासा आउने गरेका छन् ।’ तालिममा प्रदान गरिएको ज्ञान र सिपसँग सम्बन्धित विषयमा जानकारी दिँदै महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले भने, ‘स्वच्छतासँगै किट व्यवस्थापनको विषयलाई प्राथमिकतामा राखेका थियौँ ।’

तालिममा सहभागी हुन पाएकोमा व्यावसायिक संघसंस्थाहरुले महानगरपालिकाको प्रशंसा गरेका छन् । ‘हामीलाई सरकारले बोलाएर यसो गर्नु पर्छ भनेको यो नै पहिलो पटक हो ।

महानगरपालिकाको यो तालिमले हामीलाई थप जिम्मेवार वोध भएको छ ।’ जिल्ला होटल व्यवसायी संघ, काठमाडौँका अध्यक्ष सुरेश बरालले प्रतिक्रिया दिए ।

खाद्य सेवामा रहेका व्यवसायी र सेवा सम्बद्ध पेशाकर्मीलाई स्वच्छता, सरसफाइ र प्रचलित व्यवस्थाका बारेमा तालिम दिने क्रममा आज चौथो संस्करणको तालिम सकिएको हो ।

तालिममा होटल, व्याङ्क्वेट र क्याटरिङ् पेशासँग सम्बन्धित व्यवसायीहरुलाई सहभागी गराइएको थियो । तालिममा खाद्य सेवा सम्बन्धी मापदण्डमा के व्यवस्था छरु, सञ्चालन व्यवहारिक अभ्यास कस्तो छरु हुनु पर्ने के होरु लगायत सेवासँग सम्बन्धित यिनै विषयमा ज्ञान, सिप प्रदान गरिएको तथा अनुभव आदानप्रदान गरिएको थियो ।

gold
kumari bank
kumari
nawakantipur long