citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा रेखा दास

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेखा दास नियुक्त भएकी छिन् । बिहीबार९हिजो० बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव रेखालाई ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख रहेकी रेखालाई ललितपुर पठाएसँगै त्यहाँका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती भरतपुर महानगरपालिका सरुवा भएका छन् ।

उपत्यकामा काठमाडौँ महानगर पछि ललितपुर महानगरमा पनि पछिल्लो पुस्ताका युवा प्रशासक प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिलाई सुखद र आशाका रूपमा हेरिएको छ । यतिबेला काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदीप परियारले सम्हाल्दै आएका छन् ।

राजनीतिमा नयाँ पुस्ताको जवर्जस्त  उदयसँगै कर्मचारीतन्त्रमा पनि  युवा पुस्ताको बाहुल्यता बढ्दो छ । देश विदेशको सेवा प्रवाह मात्रै होइन, प्रविधिसँगसमेत परिचित यो पुस्ताको उपस्थितिलाई कर्मचारी वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

काठमाडौँ महानगरमा प्रदीपको गर्विलो उपस्थितिले ललितपुरमा रेखाको इन्ट्रिलाई थप सहज मात्रै हैन, उत्साहितसमेत बनाएको छ ।

himalayan life insurance
igi long