evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

काठमाडौँ महानगरपालिका र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडबीच पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सहमति पत्रमा हस्ताक्षर

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडबीच पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

महानगरपालिकाभित्रको पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सार्वजनिक साझेदारीको अवधारणा अनुरूप आपसी समन्वय र सहकार्यका गर्ने उद्देश्य सहित सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौँ प्लाजामा भएको सहमतिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र के. सी. ले हस्ताक्षर गरे ।

सम्झौतापछि प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत परियारले पूर्वाधार निर्माणका लागि नयाँ कामको थालनी भएको बताए । ‘नयाँ भएकोले यो सिकाइ पनि हो ।

सिकाइलाई पाठका रूपमा ग्रहण गरेर नतिजाका लागि काम हुनेछ,’ उनले भने । कम्पनीका कार्यकारी अधिकृत के।सी।ले सहकार्यबाट सहरी पूर्वाधार निर्माणमा देखिने गरी काम हुने बताए ।

महानगरपालिकाका विभिन्न निर्माण तथा परामर्शका काम, मर्मत सम्भारका काम, आपत्कालीन निर्माणका काम, सडक तथा पुलसँग सम्बन्धित निर्माण(मर्मतका काम, नियमित मर्मत सम्भार, भवन निर्माण र पुनः निर्माणका काम सहमतिअनुसार गरिने मुख्य कार्य क्षेत्र हुन् ।

यस्ता कामको प्राथमिकता क्रम महानगरपालिकाले निर्धारण गर्नेछ । यसको कार्य प्रणाली संयुक्त रूपमा तयार पारिनेछ । वित्तीय दायित्व महानगरपालिकाले वहन गर्नेछ ।

यसरी गरिने काममा महानगरपालिकाको श्रम बैङ्कबाट कम्तीमा २० प्रतिशत जनशक्ति प्रयोगमा ल्याइनेछ । यस अन्तर्गत गरिने कामको संयोजन महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र कम्पनीका तर्फबाट प्राविधिक शाखाले गर्नेछ ।

igi long
himalayan life insurance long ad