sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आजदेखि काठमाडौं महानगरपालिकाले क्यान्सरको निःशुल्क परीक्षण गर्दै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । स्तन, पाठेघरको मुखको क्यान्सर तथा प्रजनन अस्वस्थतासम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन हुन लागेको हो । आज र भोलि वडा नं. ३१ को भीमसेनगोलामा शिविर चल्नेछ ।

यस्तै ७ गते, ९ गते र १० गते वडा नं. २५ र २७ को संयुक्त शिविर इनबहालमा हुने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका अनुसार ११ गते र १२ गते वडा नं. ३ महाराजगञ्जमा तथा १४ गते वडा नं. २६ लैनचौरमा, १६ गते वडा नं. २० भीमसेनस्थानमा, १७ गते वडा नं. २१ यंगालमा र १८ गते वडा नं. २३ ओमवहालमा शिविर सञ्चालन हुनेछ ।

यस्तै वैशाख २० गते र २१ गते वडा नं. १५ स्वयम्भूमा, २४ गते वडा नं. २ लाजिम्पाटमा, २५ गते वडा नं. २४ मखनमा, २६ गते वडा नं. २२ टेवहालमा, २७ गते वडा नं. १८ नरदेवीमा, २८ गते वडा नं. १९ कंकेश्वरीमा, ३० गते र ३१ गते वडा नं. ३२ पाल्पाकोट छाप्रें कोटेश्वरमा शिविर हुने तालिका छ ।

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

gold
kumari bank
nawakantipur long