macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

उपत्यकाका १८ वटै नगरपालिकाले थाले समयमा योजना सक्ने अभियान

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । उपत्यकाका नगरपालिकाले आर्थिक वर्षको अन्तिम समयमा विकासका योजना कार्यान्वयन गर्ने प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेका छन् ।

आर्थिक वर्षमा सञ्चालन हुने योजनाबारे उपत्यकाका १८ वटै नगरपालिकाले उपभोक्ता समितिलाई योजना सम्झौतासम्बन्धी तालिम सञ्चालन गरी समयमै योजना कार्यान्वयन गर्ने अभियान सञ्चालन गरेका हुन् ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समन्वय समितिका अनुसार उपत्यकाका स्थानीय तहले आगामी २०८१ वैशाखभित्रै सबै योजना सम्पन्न गर्ने गरी अहिलेदेखि नै अभियान सञ्चालन गरेको जनाएका छन् ।

ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले समितिले योजना सम्झौता र कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने काम गरिरहेको बताउनुभयो ।

ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले चालु आर्थिक वर्षका सबै योजना आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी अहिले धमाधम योजना सम्झौता र कार्यान्वयन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्ष २०८०/८१ मा करिब सात सय वटा योजना छन्, सबै योजना आगामी वैशाखभित्र सम्पन्न गरी बर्सात् अगाडि नै योजना सम्पन्न गर्ने नगरपालिकाको तयारी छ ।”

काठमाडौँका टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले चालु आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने करिब आठ सय योजनामध्ये अहिलेसम्म २५ प्रतिशत योजना सम्झौता भइसकेको र बाँकी योजना सम्झौता हुने क्रममा रहेको बताउनुभयो ।

himalayan life insurance
igi long
NTA long ad